punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खातीलाई महान्यायाधिवक्ता बनाएपछि काँग्रेस समर्थक वकिलनै विरोधमा

Chaupati
safha napa

प्रधानमन्त्री शेरबहादुर देउवाले खम्मबहादुर खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेपछि काँग्रेस निकट कानुन व्यवासायीहरु रुष्ट बनेका छन् ।

खातीलाई प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।

वरिष्ठ वकिलहरू हुँदाहुँदै काँग्रेस सभापति समेत रहेका देउवाले जुनियर र सामान्य भन्दा सामान्य मुद्दाबाहेक अन्यमा बहस नै नगरेका खातीलाई सरकारको महान्यायाधिवक्ता जस्तो पदमा नियुक्ति गर्दा सरकारी मुद्दाहरु कमजोर बन्न सक्ने उनीहरुको चिन्ता छ ।

बरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, पूर्णमान शाक्य जस्ता काविल र अनुभवी अधिवक्ताहरूलाई छोडेर देउवाले खातीलाई रोजेका थिए ।

‘काँग्रेसमा एकसय एक वरिष्ट अधिवक्ता हुनुहुन्छ । तर उहाँहरु नभएजस्तो गरेर जुनियर खातीलाई नियुक्ति गरियो । यसले चर्को असन्तुष्टि पैदा भएको छ ’, काँग्रेस निकट कानुन व्यवसायीहरुको संस्था डेमोक्रेटीक लयर्स एशोसियसन (डीएलए)का एक पदाधिकारीको भनाइ छ ।


१ साउन २०७८, शुक्रवार १३:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु