punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पदम भुलको देउडा गीत ‘महामारी दशा’ : पोखियो दुःख

Chaupati
safha napa

प्रवारमा रहेर सामाजिक कार्यक्रममा क्रियाशिल पदम भुलले ‘महामारी दशा’ बोलको देउडा गीत बजारमा ल्याएका छन् । उनको आफ्नै शब्द सृजनामा बनेको गीतमा चर्चित गायिका टिका पुन र सुरजमान जैगडीले स्वर दिएका छन् । गीत गायिका पुनको थुटुब च्यानलबाट आइतबारनै सार्वजनिक भएको हो ।

गीतमा सुरजमान जैगडडीले संगीत भरेका हुन् भने एरेन्ज भुवन बडुले गरेका हुन् । गीतको म्युजिक भिडिओमा पदम भुल, खुस्बु भट्टराई, डम्बर रावल, भरत रावल, चुम्बकराज रेग्मी, ललित भुल, रुपेश भुल, हस्तबहादुर भुल, भुपेन्द्र भुल, भीम भुल, मथुरा भुल, बिन्द्रा भुल, खिना भुल तथा बाल कलाकार आयुश भुल र आयुशा भुलले अभिनय गरेका छन् ।

गीतमा नेपालमा रहेको गरिवीका कारणले परदेशीपर्ने नेपालीको बाध्यता, कोरोना महामारीले परदेशमा नेपालीले भोगेको दुःख पीडा र महामारीमा नेपाल फर्किदा झेल्नुपरेका समस्या समेटिएका छन् । म्युजिक भिडिओ भारतका विभिन्न ठाउँमा छायांकन गरिएको हो ।


३१ असार २०७८, बिहीवार १४:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु