punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मदिरा सेवन गरी भाईले गरे आफ्नै दाईको हत्या

Chaupati
safha napa

मदिरा सेवन गरेका भाइले आफ्नै दाजुको हत्या गरेका छन् । मोरङको विराटनगर महानगरपालिका–५ पृथ्वी चोकका ३१ वर्षीय साजन सिंहले ४२ वर्षीय दाजु भोला सिंहको घारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

शुक्रबार राति साढे १० बजे मादक पदार्थ सेवन गरी भाइले एक्कासी दाजुलाई घारिलो हतियारले प्रहार गरेका थिए। गम्भीर घाइते भएका भोलाको उपचारको क्रममा विराट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भाइलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


२६ असार २०७८, शनिवार १५:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु