Hotel Flora Long Ad

अब अनलाइनबाटै डिम्याट खाता खोल्ने सुविधा

कृषि विकास बैंकले अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ । बैंकले शुक्रबारदेखि बैंकले अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो ।

योसँगै अब ग्राहकले अनलाइनबाटै डिम्याट खाता, मेरो सेयर खाता, सीआरएन नम्बर, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटिएम कार्डका लागि निवेदन दिन सक्नेछन् ।

बैंकमा खाता नभएका ग्राहकहरुले देश तथा विदेशबाट पनि अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । यो सेवा २४ सै घण्टा उपलब्ध रहेको छ ।

एकै निवेदनबाट बैंकका धेरै सेवा लिन सकिने व्यवस्था गर्ने सरकारी बैंकमा कृषि विकास बैंक पहिलो बनेको छ ।


२६ असार २०७८, शनिवार १५:२४ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु