punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पेट्रोलमा कालोबजारी भएको भन्दै डडेल्धुरामा विरोध प्रदर्शन

Chaupati
safha napa

डडेलधुरा । बोलन्या थली डडेलधुरा युनिटले जिल्ला प्रशासन कार्यालय डडेलधुरा अगाडि विरोध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थमा भएको कालोबजारी तत्काल रोक्न माग गर्दै विरोध प्रदर्शन गरेको बोलन्या थली डडेलधुराका प्रमुख दीपक राज भट्टले बताए ।

उनका अनुसार यहाँका पेट्रोल पम्पमा पेट्रोल नमिल्ने तर बजारमा जति पनि मिल्ने गरेको जनाएको छ ।  यसरी पम्पमा पेट्रोल नपाउँदा बजारमा कालोबजारी हुने गरेको छ । जसका कारण आम उपभोक्ता मारमा पर्ने गरेका छन् ।

पेट्रोल पम्पमा पेट्रोल नपाएपछि सरकारले तोके भन्दा बढी रुपैयाँमा बजारबाट पेट्रोल हाल्नुपर्ने अवस्था सिर्जना भएको स्थानीयको गुनासो छ । डडेल्धुरा बजारमा वीर बेताल र उग्रतारा आयल गरी दुई ओटा पेट्रोल पम्प रहेका छन् ।

तर यी दुवै पम्पले जनतालाई पेट्रोल नदिएर यहाँका   किराना पसलहरूलाई दिँदै आएको समेत आरोप लागेको छ । यस्तो महामारीमा पनि यहाँका पेट्रोल पम्पले कालोबजारी गर्दा समेत स्थानीय प्रशासन मौन बसेको भन्दै थलीले प्रदर्शन गरेको हो ।

‘लाचार प्रशासन काउली गोड, पेट्रोल नदिने लाइसेन्स छोड’ भन्दै बोलन्या थली डडेल्धुरा युनिटले स्थानीय प्रशासनको ध्यानाकर्षण गरेको हो । यदि फेरि पनि पेट्रोलमा कालोबजारी र कृत्रिम अभाव रहिरहे थप सङ्घर्ष गर्ने डडेल्धुरा युनिटका प्रमुख भट्टले बताए  ।


२५ असार २०७८, शुक्रवार १४:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु