punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एकल महिलाको उद्यम : सुरु गरे सामूहिक बेसार खेती

उद्योगका रुपमा विस्तार गर्ने दीर्घकालीन लक्ष्य

Chaupati
safha napa

कैलालीको धनगढी उपमहागनरपालिका वडा नम्बर २ मिलनचोक क्षेत्रमा महिलाहरु सामूहिक रुपमा खेतीपातीको काममा लागिरहेको देखिए । केही पुरुष कामदारसहित खेतमा समूहमा देखिएका महिलाहरु थिए एकल महिला । काम रहेछ, बेसार लगाउने । कोही उम्रिएको बेसार गोडमेल गर्ने र कोही नयाँ लगाउनेमा व्यस्त थिए । जो महिलाहरु वडा नम्बर २ का हुन् ।

एकल महिलाहरुले वडा नम्बर २ को कार्यालयले छुट्याएको आर्थिक सहयोग र केही आफ्नो लगानीमा बेसार खेती सुरु गरेको बुझियो । आर्थिक अवस्थामा केही पछाडि परेको एकल महिलाहरुको जीवनस्तर माथि उकास्न सहज होस् भन्नका लागि वडा कार्यालयले उनीहरुलाई तीन लाख रुपैयाँ उपलब्ध गराएको छ । प्रायः एकल महिलाका समस्या समान छन् ।

आफ्ना हकहित र देखिएका समस्या समाधानका लागि एकल महिलाहरु संगठित पनि छन् । वडा, स्थानीय तह, जिल्ला, प्रदेश र संघ अन्तर्गत रहेर एकल महिलाहरु संगठित भएका छन् । यसैबीच धनगढी उपमहागनरपालिका वडा नम्बर २ का एकल महिलाले आफै खोजेका हुन् आत्मानिर्भर बन्न बेसार खेती गर्ने उपाय । महिलाहरुको छलफलबाट फुरेको थियो आर्थिक रुपमा सबल बन्ने यो नयाँ योजना । जसले एकल महिलालाई आर्थिक रुपमा आत्मनिर्भर र सबल बनाओस् ।

एकल महिलाहरुले आत्मनिर्भर बन्ने योजना बनाएपनि सुरुमा लगानी कहाँबाट ल्याउने भन्ने समस्या देखियो । त्यसका लागि महिलाहरुले वडामा पहल गरे । बेसार खेतीका लागि अनुदान प्राप्त गर्न सहज थिएन । वडामा एकजना चल्ताफुर्ता वडा सदस्य छन्, रत्ना बिष्ट । एकल महिलाहरु उनै वडा सदस्य बिष्टमार्फत बेसार खेतीका लागि वडाको सहयोग माग्न अगाडि बढे । महिलाहरुको प्रयासपछि वडाले बेसार खेतीका लागि एकल महिलालाई बजेट उपलब्ध गराउने निर्णय गर्यो ।

जम्मा दुई विगाहमा बेसार खेती गर्नका लागि वडाले तीन लाख रुपैयाँ दियो । बजेट प्राप्त भएपछि महिलाहरुले सामूहिक रुपमा वडा नम्बर २ मिलनचोक क्षेत्रमा दुई बिगाहमा जग्गा भाडामा लिए । वडा नम्बर २ ले बजेट उपलब्ध गराएकाले सोही क्षेत्र भित्रै जग्गा भाडामा लिनुपर्ने थियो । वडाबाट प्राप्त बजेट र समूहबाट थप ३० प्रतिशत गरी झण्डै चार लाख रुपैयाँको लगानीबाट महिलाहरुले अहिले बेसार खेती सुरु गरिसकेका छन् ।

वडा नम्बर २ का एकल महिलाहरुमध्ये करिब ६० जना महिलाहरु समूहमा आबद्ध भएर बेसार खेतीमा लागेका छन् । उनीहरु बेसार खेती लगाउने काममा आफै खटिए । श्रमदान गरे । जो आफ्नै लागि पनि हो । खेती लगाइसकेपछि अब गोडमेललगायत रेखेदेख गर्ने काममा पालो लगाउने तयारी उनीहरुको छ । ‘खेती लगाउने काममा जति जना सहभागी भएपनि यसमा आबद्ध भएर आर्थिक रुपमा केही फाइदा लिन चाहने एकल महिलाहरु अब पालैपालो खेतीको रेखदेखमा सहभागी हुनेछन्,’ एकल महिलाकी अगुवा भगवती हमालले भनिन् ।

बेसार उद्योगसम्मको लक्ष्य
अहिले दुई विगाहमा बेसार खेती सुरु गरेका एकल महिलाको दिर्घकालिन लक्ष्य छ, बेसार उद्योग स्थापना गर्ने । जहाँ संघीय सरकारले पनि सहयोग गरोस् र यहाँका सबै एकल महिला तथा तिनका सन्ततीले रोजगारी पाउन् । आर्थिक रुपमा सबल हुनकै लागि सामूहिक रुपमा बेसार खेती गर्ने आँट गरेका एकल महिलाहरुले लक्ष्य भेट्न दुई बिगाह जग्गामा बेसार खेती गरेर भावी लक्ष्य प्राप्तीका लागि तयारी सुरु गरिसकेका छन् ।

अहिले दुई बिगाह जमिनबाट उत्पादित बेसार बजारीकरण गर्ने र सहयोग प्राप्त हुँदै गएर बिस्तारै उद्योग स्थापनाका लागि लाग्ने एकल महिलाका अगुवा बेद अवस्थीले बताइन् । ‘अहिले हामीले थालनी गरेको काम जीविकोपाजर्नका लागि हो,’ उनले भनिन्, ‘भविष्यमा यसलाई बेसार उद्योगकै रुपमा स्थापना गर्ने हाम्रो भावी योजना हो । त्यसका लागि हामी सबै एकल महिला सक्रिय भएर लागिरहेका छौं ।’

अहिले बेसार खेतीका लागि भनेर उनीहरुले ‘रामजानकी एकल महिला समूह’ र ‘सरस्वती एकल महिला समूह’ भनेर दुईवटा समूह दर्ता गरेका छन् । काम संयुक्त भएपनि प्रशासनिक कार्य गर्दा सहज होस् भनेर महिलाहरले दुईवटा समूह दर्ता गरिएका छन् ।

‘हाम्रो भावि योजना भनेको वैधानिक रुपमा एक बेसार उद्योग दर्ता गरेरनै अगाडि बढ्ने हो,’ एकल महिला अगुवा हमालले भनिन्, ‘जहाँ एकल महिला, उनका सन्तान वा एकल महिलामाथि निर्भर परिवारका सदस्यहरुले काम गर्ने अवसर पाउन् ।’ उद्योग कसरी सञ्चालन गर्ने र कसलाई कसरी काम लगाउने भन्ने समूहको विधानले तय गर्ने उनले बताइन् ।

एकल महिलाहरुले बेसार खेतीको प्रस्ताव ल्याएपछि सहयोगका लागि बजेट दिन आफूले पनि सक्दो पहल गरेको वडा नम्बर २ का वडा सदस्य रत्ना बिष्टले बताइन् । उनले महिलाले थालनी गरेको प्रयास सह्रानीय र प्ररणादायी काम भएको बताइन् । बेसार खेतीलाई भविष्यमा उद्योगको रुपमा विस्तार गर्ने एकल महिलाको योजनालाई सबैको साथ आवश्यक रहेको उनको भनाई छ ।

डा नम्बर २ का अध्यक्ष नरबहादुर बमले एकल महिलाहरुले ल्याएको आर्थिक उपार्जनको राम्रो योजनालाई कार्यान्वयन गर्नका लागि वडाले बजेट छुट्याएको बताए । बेसार खेतीले एकल महिलाहरुको आर्थिक स्थिति सुधारमा ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको उनको भनाई छ ।


२५ असार २०७८, शुक्रवार १३:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु