punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

युवानेता भण्डारीद्वारा अक्सिजन सिलेन्डर क्वारेन्टाईन निर्माण र स्वास्थ्य सामग्री बितरण

Chaupati
safha napa

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहित शिर्ष नेताको निर्देशनुसार नेपाली कांग्रेसले सदूरपश्चिममा १८ सय अक्सिजन सिलेन्डर बाडिरहेका नेपाली कांग्रेसका युवानेता क्षितिज भण्डारीले मोबाइल क्वारेन्टाइन निर्माण र स्वास्थय सामग्री बितरण प्रारम्भ गरेका छन्।

ब्रम्हकुमारी बिश्वविधालय एवं आश्रम अत्तरियामा भारतबाट भोलि फर्कने ब्यक्तीहरुबाट सम्भाबित कोरोना संक्रमणबाट जोगाउन नेपाली कांग्रेसको तर्फबाट निशुल्क ड्राई क्वारेन्टाइन निर्माणकार्यको सम्पुर्ण सामग्री बक्सामा प्रमुख अतिथी हरिष खड्काद्वारा हस्तान्तरण गरिएको हो ।

साथै क्वारेन्टाइन बसाईपछि पनि निशुल्क पिसिआर, एम्बुलेन्स, अक्सिजन सिलेन्डर र उपचारको जिम्मेवारी समेत लिदै प्रमुख अतिथी नेका क्षेत्रीय सभापति हरिश खडकाले अब कांग्रेसले आन्तरिक चुनाव, शान्तिपूर्ण आन्दोलन र जनताको घरदैलोमा राहत अभियानको नेतृत्व गर्नुपर्ने बताए । सो कार्यक्रममा नेबिसंघका केन्द्रिय नेता देवराज ओझा, जगतराम महरा, गणेश भट्ट र प्रेस युनियन कैलालीका हेमराज भट्ट उपस्थिति रहेको थियो ।


२९ जेठ २०७८, शनिवार १९:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु