punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जिसस सदस्य बुढाद्वारा छोराको जन्मदिनमा मुक्तकमैया शिविरमा राहत वितरण

Chaupati
safha napa

जिल्ला समन्वय समिति कैलालीका सदस्य टेकराज बुढाले छोराको जन्मदिनको अवसरमा मुक्तकमैया शिविरमा राहत वितरण गरेका छन् ।

बुढाले छोरा गौरङ्गको पहिलो जन्मोत्सवको अवसरमा गोदावरी नगरपालिका वडा नम्बर ५ स्थित मुक्तकमैया शिविरमा खाद्य सामग्री वितरण गरेका हुन् ।

शिविरका ३७ परिवारलाई खाद्य सामग्री वितरण गरिएको उनले बताए । उनका अनुसार प्रतिपरिवार ११ किलो चामल, एक केजी दाल, एक केजी नुन, एक लुगा धुने र एक कपडा धुने साबुन उपलब्ध गराइएको हो ।

सोही वडाका बासिन्दासमेत रहेका जिसस सदस्य बुढाले दैनिक मजदुरी गरेर खाने मुक्तकमैयालाई निषेधाज्ञाले काम नपाइरहेका बेला थोरै राहत होस् भनेर केही खाद्यान्न उपलब्ध गराएको बताए ।


२९ जेठ २०७८, शनिवार १९:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु