त्रिनगर–गौरीफन्टा नाकामा खटिएका सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण
धनगढी । नेपाल–भारत सीमा क्षेत्र त्रिनगर–गौरीफन्टा नाकामा खटिएका सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।नेपाल भारत मैत्री संघले भारतीय सुरक्षाकर्मी तथा नेपाली सुरक्षाकर्मीलाई मास्क र सेनिटाइजर वितरण गरेको हो ।
संघले नेपाल–भारत आउजाउ गर्नेलाई समेत मास्क र सेनिटाइजर वितरण गरेको नेपाल भारत मैत्री संघका केन्द्रिय उपाध्यक्ष हरिशंकर ठाकुरले बताए । उनले भारतीय सीमा सुरक्षाबल (एसएसबी) का कमान्डेन्ट मुन्ना सिंहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बताए ।
स्वास्थ्य सामाग्री बुझ्दै कमान्डेन्ट सिंहले नेपाल भारत मैत्री संघलाई धन्यवाद दिए ।संघले भारतका गौरैफन्टा कोतवाली, कस्टमका साथै सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई समेत मास्क र सेनिटाइजर बितरण गरेको जनाएको छ ।

२९ जेठ २०७८, शनिवार १९:४३ बजे प्रकाशित






























