punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतले धारचुला–लिपुलेक सडक विस्तार गर्दा नेपालको बाटो भत्कियो

Chaupati
safha napa

महाकालीपारि भारतले धारचुला–लिपुलेक सडक खण्ड विस्तार गर्ने क्रममा नेपाल तर्फको बाटोमा क्षति पुर्‍याएको छ । गत मंगलबार व्यास गाउँपालिकाको वडा नं २ मा पर्ने दुम्लिङ र कुञ्जुङ गाउँ जोड्ने घोडेटो बाटोमा क्षति पुगेको हो ।

सो बाटोमा पूर्ण क्षति भएपछि सशस्त्र प्रहरीले त्यसको वैकल्पिक बाटो खोलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

मंगलबार भारतीय पक्षले धारचुला–लिपुलेक सडक विस्तार गर्ने क्रममा पहाड काट्नको लागि बम विस्फोट गराएको थियो । विस्फोटपछि पहिरो खस्दा महाकाली नदी थुनिएको थियो ।

थुनिएपछि नदीले महाकाली किनार हुँदै दुम्लिङ जाने बाटोमा क्षति पुर्‍याएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।

‘हामीले भारतीय पक्षलाई पत्र लेखेर यसको जानकारी गृह मन्त्रालयलाई दिइसकेका छौं । पहिरोका कारण नेपाली भूभागमा क्षति भएकोले नेपालमा क्षति हुने गरी गरिएको काम तत्काल रोक्न भनेका छौं,’ प्रमुख जिल्ला अधिकारी जोशीले अनलाइनखबरसँग भने ‘बाटो नबनाउ भन्न मिल्दैन, हाम्रोमा क्षति हुनु भएन यत्ति कुरा हो, यही व्यहोरा लेखेर हामीले पत्र पठाएका छौं ।’

मंगलबार महाकाली थुनिएर बाटोमा क्षति पुगेपछि बुधबार सुरक्षा समितिको बैठक बसेर बिहीबार पत्र पठाइएको जोशीले जानकारी दिए ।  सोको जानकारी गृह मन्त्रालयमा पनि दिइएको उनले बताए । पत्र धारचुलाका डिस्ट्रीक मजिस्ट्रेट आनन्द स्वरुपको नाममा पठाइएको छ । यद्यपि पत्रको जवाफ शनिबार बिहानसम्म नआएको जोशीले जानकारी दिए ।

नेपालको लिपुलेक, कालापानी लगायतका भूभाग मिचेर भारतले तिब्बसम्म पुग्ने बाटो निर्माण गरेको छ । यसप्रति नेपाल सरकारले औपचारिक रुपमा आपत्ती जनाए पनि भारतले सो सडकखण्डमा काम जारी राखेको छ ।

गत २०७७ वैशाख अन्तिम साता भारतका रक्षामन्त्री राजनाथ सिंहले राजधानी नयाँदिल्लीबाट सो सडकको शिलान्यास गरेका थिए । शुक्रबार भारतीय रक्षामन्त्री सिंहले सीमा क्षेत्रमा सडक निर्माण गर्दै आएको सुरक्षा निकाय बोर्डर रोड अर्गनाइजेशन (बीआरओ)ले उल्लेखनीय प्रगति गरेको भन्दै कामको प्रशंसा गरेका छन् ।


२९ जेठ २०७८, शनिवार १४:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु