punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शुक्रबार सेती प्रयोगशालामा ५१ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

धनगढी  । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ६५७ नमूना परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धनगढीका ६ जना  यस्तै धनगढीबाहेक कैलालीका ४२ जना र अन्य जिल्लाका ३ जनामा संक्रमण पुष्टि  भएको जनाएको छ । हाल अस्पतालमा ४८ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।

जसमध्ये ३ जना भेन्टिलेटरमा, १४ जना आइसियूमा, ३२ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने २ जनाको अवस्था सामान्य रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट  १० जना निको भई घर फर्किएका छन्, भने थप ८ जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा अस्पतामा उपचाररत २ जना कोरोना संक्रमितको  मृत्यु भएको अस्पतालले जनाएको छ ।


२१ जेठ २०७८, शुक्रवार १५:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु