दार्चुलामा वेवारिसे अवस्थामा वम फेला
दार्चुला । दार्चुलाको सदरमुकाम खलंगास्थित खुलामञ्चमा वेवारिसे अवस्थामा वम भेटिएको छ । खेल मैदान बनाउने बेला वेवारिसे अवस्थामा पाइपको सकेट बम फेला परेको हो ।
२ फिट लम्बाई र ६ इन्च मोटाई भएको सकेट वम फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिनुभयो । खुलामञ्चको मध्य भागमा मजदुरले फिल्ड निर्माण गरिरहेको बेला सवा ११ बजे वम फेला परेको हो । वमलाई निष्कृय पार्न अहिले नेपाली सेनाको टोली बोलाइएको प्रहरीले जनाएको छ ।
२० जेठ २०७८, बिहीवार १२:११ बजे प्रकाशित































