ओलीको नेपाल समूहलाई पेलेरै जाने रणनीति, फेरि विवाद सुरु
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री बनेपछि फेरि माधव नेपाल समूहलाई पेलेरै जाने रणनीतिमा पुगेको देखिएको छ ।
ओली समूह जेठ २÷२०७५ को अवस्थामा फर्कन नमानेपछि विवाद देखिएको हो । जेठ २ बाट टेकेर जाऔं भन्दा ओली फेरि नयाँ ढंगबाट जान कार्यदल बनाएर सुझाव लिएर बढ्ने पक्षमा देखिएका छन् ।
प्रधानमन्त्री ओलीका सल्लाहकार डा। राजन भट्टराईले जेठ २ मा फर्कन नसकिने र २८ फागुनमा ओलीले लिएको निर्णय पनि फिर्ता हुन नसक्ने बताइसकेका छन् । यसअघि ओली जेठ २ मा टेकेर जानेबारे सकारात्मक बनेका थिए ।
ओलीले माधव नेपालसहित ४ नेतामाथिको कारबाही मात्र फुकुवा गरेका छन् । एमालेको नवौं महाधिवेशनको निर्वाचित पदाधिकारीलाई यथावत् राख्न मानेका छैनन् ।
पदाधिकारीमा ओलीको भन्दा नेपाल समूहको बहुमत छ । त्यसैले उनी त्यसलाई पुर्नजिवित गर्न चाहिरहेका छैनन् ।
एमाले विवाद मिलाउन कार्यदल नै बनाउन ओली तयार नदेखिएपछि मिल्ने सम्भावना कमजोर भएको छ ।
२ जेठ २०७८, आइतवार ०९:१५ बजे प्रकाशित































