पहाडी भू–भागमा मेघगर्जनसहित पानी पर्ने सम्भावना
देशका पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्वी भू–भाग नजिक रहेको न्युन चापीय प्रणालीको प्रभाव रहेको देखिन्छ ।
आज दिउँसो देशका प्रदेश १ लगायत देशका अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। यस्तै देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।
त्यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ ।
२ जेठ २०७८, आइतवार ०८:५५ बजे प्रकाशित































