ओली र नेपाल पक्षबीच वार्ता सुरु
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच वार्ता सुरु भएको छ।
नेकपा एमालेका दुई पक्षबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा वार्ता सुरु भएको हो।
वार्तामा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, सुवास नेम्वाङ र विष्णु पौडेल सहभागी भएका छन्।
यस्तै माधव नेपाल पक्षबाट नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सहभागी भएका छन्।
हिजो दिनभर बूढानीलकण्ठस्थित एक निजी निवासमा ओली र नेपालबीच भएको छलफलपछि नेकपा एमाले एकताको नजिक पुगेको छ।
नेपाल पक्षले गत फागुन २८ गते ओली पक्षले गरेका एकपक्षीय निर्णयहरु फिर्ता लिनुपर्ने माग राखिरहेको छ। साथै २०७५ जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने उसको माग छ।
यही माग सम्बोधनका लागि गठित कार्यदलसहित शीर्ष नेताहरुबीच सिंहदरबारमा वार्ता सुरु भएको हो।
३१ वैशाख २०७८, शुक्रवार १९:५३ बजे प्रकाशित































