दार्चुलामा कोरोनाबाहेकका विरामीलाई बोक्न सीडीओको गाडी
दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सिद्धराज जोशीले कोरोनाबाहेकका विरामीका लागि आफूले चढ्दै गरेको गाडी प्रयोगमा ल्याउने घोषणा गरेका छन् ।
जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी जोशीले यस्तो घोषणा गरेका हुन् ।
कोभिड–१९ को महामारीको समयमा अन्य बिरामीहरुलाई अन्यत्र जान समस्या भएकाले कोभिडबाहेकका बिरामीहरुको प्रयोगका लागि गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सकिने उनले बताए।
उनकाअनुसार अब जिल्ला प्रशासन कार्यालय दार्चुलाको बा २ झ ६७ नम्बरको गाडी कोरोना भाइरस संक्रमितबाहेकका बिरामीलाई बोक्नेछ।
अहिले कोरोना महामारीका बेला कोरोना संक्रमितबाहेकका विरामीलाई पनि गाडी अभावमा अस्पताल जान समस्या भइरहेको छ ।
२४ वैशाख २०७८, शुक्रवार १७:११ बजे प्रकाशित






























