दार्चुलामा वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गर्ने निर्णय
दार्चुलामा वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले जिल्लामा कोरोनाको दोस्रो लहर तीब्र रुपमा बढिरहेको भन्दै आइतबारदेखि लागू हुने गरी वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको हो ।
यसअघि दार्चुलाका ९ वटै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको थियो ।
२४ वैशाख २०७८, शुक्रवार १७:१९ बजे प्रकाशित































