सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण
दूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गंगाप्रसाद यादवले शुक्रबार पदभार ग्रहण गरेका छन्।
उनले आज दिउँसो पदभार ग्रहण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । यही वैशाख २० गते नै पद तथा गोपनीयताको सपथग्रहण गरेका यादव त्यसपछि कुलपूजाका लागि भन्दै गृहजिल्ला महोत्तरी गएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २० गते मन्त्रिपरिषद्को सिफारिसमा तत्कालिन प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई हटाई यादवलाई नियुक्त गरेकी थिइन्।
२४ वैशाख २०७८, शुक्रवार १६:४९ बजे प्रकाशित






























