बाजुरामा असिना पानीले लगाएको अन्नबालीमा क्षति
बाजुरामा असिना पानीले लगाएको अन्नबालीमा क्षति भएकाे छ । बिहीवार दिउँसो साढे ४ बजे तिर परेको पानीले जिल्लाकाे बढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकामा किसानले लगाएको अन्नबालीमा क्षति गरेको हो।
असिना पानीले पाक्न लागेको गहुँ समेत नष्ट गरेको छ। बालीमा क्षति पुर्याएपछि किसान चिन्तीत बनेका छन्।
२३ वैशाख २०७८, बिहीवार २०:४० बजे प्रकाशित






























