कोरोना संक्रमितलाई हेलिकोप्टरमार्फत काठमाडौं लगियो
बझाङबाट एक कोरोना संक्रमितलाई थप उपचारका लागि काठमाडौं लगिएको छ।
जिल्ला अस्पतालमा उपचाररत जयपृथ्वी नगरपालिका–९ का ३१ वर्षीय पुरुषलाई हेलिकोप्टरमार्फत काठमाडौं रेफर गरिएको हाे ।
संक्रमितमा एक हप्ताअघि कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले जानकारी गराए ।
स्वास्थ्यमा समस्या देखिएपछि उनी आइतबारदेखि जिल्ला अस्पतालमा उपचाररत थिए। बुधबार अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागी रेफर गरिएको उनले जानकारी गराए ।
२३ वैशाख २०७८, बिहीवार २१:१९ बजे प्रकाशित






























