नेपाल सुपर लिग एनएसएलमा ललितपुर सिटीको पहिलो जित
ललितपुर सिटी एफसीले पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग एनएसएलमा पहिलो जित हासिल गरेकाे छ । बिहीबारदशरथ रंगशालामा भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै ललितपुरले प्रतियोगितामा पहिलो जित हासिल गरेकाे हो ।
ललितपुरलाई जित दिलाउन नुर्लान नोभ्रुजुभ जाहिदले निर्णायक गोल गरे । कप्तान अन्जन बिष्टको पासमा नुर्लानले डाइभ हेडमार्फत गोल गरेका थिए । यो जितपछि राजु तामाङको प्रशिक्षणमा रहेको ललितपुरले पाँच खेलमा ६ अंकजोडेर प्लेअफमा पुग्ने संभावना कायमै राखेको छ ।
बुटवल लुम्बिनीको पाँच खेलमा पाँच अंक छ । बुटवल लुम्बिनीले अन्तिम चारमा पुग्न अन्तिम खेल जित्नुपर्ने छ भने अरुको खेलको नतिजामा पनि भर पर्नुपर्नेछ ।
२३ वैशाख २०७८, बिहीवार २०:२८ बजे प्रकाशित






























