लागुऔषधिसहित कञ्चनपुुरमा २ जना पक्राउ
लागुऔषधिसहित कञ्चनपुरमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको पुर्नवास नगरपालिका– ४ काग्रिलडाँडा सिमा क्षेत्रबाट लागुऔषधि नाईट्राभेट–१० का १ सय १४ ट्याब्लेटसहित २ जनालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी मातहत रहेको आपताल बोडर आउट पोष्टबाट खटिएको टोलीले पक्राउ गरेको हो।
कृष्णपुर नगरपालिका– ५ पवित्रावस्ती बस्ने १९ वर्षीय कमल दमाई र सोही ठाउँका १९ वर्षीय शिवराजभट्टलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरिक्षक विरेन्द्र बहादुर ऐरले बताए।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती बुझाइएको उनले जानकारी गराए ।
१४ वैशाख २०७८, मंगलवार १२:१० बजे प्रकाशित













