सुनको मूल्यमा सामान्य गिरावट, कति छ तोलामा ?

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

सोमवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार ३ सय रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सयले गिरावट आइ प्रतितोला सुन ९१ हजार २ सय कायम भइ कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य ९० हजार ८ सय रहेको । तर आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ ।

सोमवार चाँदीको मूल्य १३ सय १० रहेकोमा आज मूल्य वृद्धि भइ प्रतितोला चाँदीको मूल्य १३ सय १५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।


१४ वैशाख २०७८, मंगलवार ११:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु