बाख्राहरूमा पिपिआर संक्रमण
कैलालीको घोडाघोडीमा बाख्राहरूमा पिपिआर संक्रमण (बाख्रामा लाग्ने हैजा) देखिएको छ । जिल्लाकाे घोडाघोडी नगरपालिका ८ लठुवामा स्थानीय एक किसानको ६ बाख्रामा उक्त संक्रमण देखिएको हाे ।
बाख्रा बिरामी हुन थालेपछि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा स्वाब परीक्षण गरिएको पशु विकास शाखाले जनाएको छ । उक्त परीक्षणमा पिपिआर संक्रमण पुष्टि भएको पशु सेवा प्राविधिक छत्रा न्यूरेले जानकारी गराइन ।
‘उनका अनुसार २ बाख्रा पनि यही रोगबाट मरेको बताए । उनले भनिन ‘यो संक्रमण फैलिन नदिन हामीले जनचेतना फैलाइरहेका छौँ ।’ उनले भेडा र बाख्रामा समस्या देखिए पशु विकास शाखामा सम्पर्क गर्न समेत आग्रह गरिन् ।
रोगको सङ्क्रमण हुँदा ज्वरो आउने, घाँसपात नखाने, गिजा, जिब्रो तथा मुखभित्र भागहरूमा घाउहरू देखिने, आँखामा कचेरा पर्ने, नाकबाट बाक्लो सिँगान बग्ने, छेरौटी लाग्ने लक्षण देखा पर्ने गर्दछ ।
रोगी पशुसँग प्रत्यक्ष सम्पर्क भएमा, लसपस भएको आहारा, पानी र घाँसलगायतको माध्यमबाट फैलने हुँदा रोगी बाख्रालाई अलग्गै उपचार र दाना पानी दिनुपर्ने पशु चिकित्सकहरूको सुझाव छ।
नगरपालिकाले महामारीजन्य रोगबाट जोगाउन ८ हजार बाख्रालाई पिपिआर खोप दिइएको छ । तर, ती बाख्रामा खोप नलगाइएको पाइएको छ ।
१४ वैशाख २०७८, मंगलवार १३:०८ बजे प्रकाशित













