भारतमा कोरोनाको नयाँ रेकर्ड: एकैदिन हालसम्मकै धेरै संक्रमित फेला
भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड कायम भएको छ । एकै दिन अहिलेसम्मकै धेरै संक्रमित फेला परेका छन् ।
आइतबार २ लाख ७१ हजार २०४ नयाँ संक्रमित भेटिएका छन् । सोही अवधिमा १५ सय ७० को मृत्यु भएको छ । यसका साथै पछिल्लो २४ घण्टामा १ लाख ४२ हजार १५० मानिस निको भएका छन् ।
अघिल्लो वर्ष संक्रमण सुरु भएपछि भारतभरि कोरोनाद्वारा संक्रमित हुने बिरामीको संख्या डेढ करोड पार भएको छ । यसमा १ करोड २९ लाख ४७ हजार २९७ संक्रमित निको भइसकेका छन् ।
भारतमा हाल सक्रिय संक्रमितको संख्या १९ लाख २१ हजार ७३८ छन् । भारतमा हालसम्म कोरोनाबाट १ लाख ७८ हजार ७४३ जनाले ज्यान गुमाइसकेका छन् ।
६ वैशाख २०७८, सोमवार ०८:१९ बजे प्रकाशित












