धनगढीको ऐश्वर्य विद्या निकेतन एक साताका लागि बन्द
धनगढीको ऐश्वर्य विद्या निकेतन एक साताका लागि बन्द हुने भएको छ।
विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि ऐश्वर्य विद्या निकेतन सोमबारबाट एक हप्ताका लागि बन्द हुने भएको हो।
विद्यालयमा अध्ययनरत केहि विद्यार्थीमा कोरोना संक्रमण देखिएको भन्दै हाललाई एक हप्ताको लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको विद्यालयका प्राचार्य प्रेमनिधि ओझाले जानकारी गराउदै अहिलेलाई एक हप्ताको लागि विद्यालय तहका १० सम्मका कक्षा सञ्चालन नहुने तर कक्षा ११ र १२ को भने पठनपाठन नियमित हुने प्रचार्य ओझाले जानकारी गराए ।
कोरोना पुष्टि भएका बालबालिकाको परिवारका सदस्य हालसालै भारतबाट घर फर्किएका र उनीहरुबाटै बालबालिका संक्रमण भएको हुनसक्ने बताइएको छ।
५ वैशाख २०७८, आइतवार १५:५२ बजे प्रकाशित












