धनगढीमा टाफे ट्याक्टरको सो रुम उद्घाटन
धनगढीमा टाफे धनगढीमा टाफे ट्याक्टरको सो रुम उद्घाटन गरिएको छ । प्रदेश सरकारले किसानहरूका लागि विभिन्न अनुदानका कार्यक्रमहरू ल्याएको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले जनाएका छन् ।
धनगढीमा टाफे ग्रुपको सो रुम उद्घाटन गर्दै मन्त्री शाहले सरकार पनि कृषिमा आत्मनिर्भर बनाउने योजना अनुसार अघि बढिरहेको जनाएको छ । यो प्रदेश अन्य प्रदेशको तुलनामा कृषिका लाई आत्मनिर्भर प्रदेश हो उनले भने हामी कहाँ उर्वर जमिन र जैविक विविधता छ ।
उनले ट्याक्टर सो रुमको स्थापना गरेर प्रदेश लाई खाधयको क्षेत्रमा आत्मनिर्भर बनाउन आवश्यक रहेको बताएका थिए । सो रुम उद्घाटन गर्न महानायक राजेश हमाल पनि धनगढी पुगेका थिए । उनका अनुसार किसानहरूका लागि टाफे ट्याक्टर उपयुक्त रहेको छ । अन्य कम्पनीको ट्याक्टर भन्दा कम तेल खपत हुने कृषि र निर्माणमा अत्यधिक उपयोगी रहेको प्रबन्ध निर्देशक सुरज सिंहले जनाएको छ ।
२ वैशाख २०७८, बिहीवार १८:३३ बजे प्रकाशित












