punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशैभर ठूलो हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह

Chaupati
safha napa

काठमाडौं उपत्यकासहित आज देशैभर ठूलो हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्ले सबैलाई सतर्क रहन आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले शुक्रबार र शनिबार दुई दिन देशैभर हावाहुरीको सम्भावना भएको बताइन्।

उनका अनुसार हिजो सुदूरपश्चिम, गण्डकी, बागमती, प्रदेश १ मा ठूलो हावाहुरी आएको थियो। आज भने देशैभर हावाहुरीको सम्भावना रहेको उनको भनाइ छ।

‘अपराह्नपछि देशैभर ठूलो हावाहुरीको सम्भावना छ,ु उनले भनिन्, ुबाहिरफेर हिँड्नुभएको छ वा यात्रामा हुनुहुन्छ भने सजग रहनुहोला ।ु

अहिले प्रि–मनसुन सिजन भएकाले हावाहुरीरचट्याङ यसैगरी अचानक हुने उनले बताइन्।

देशका विभिन्न स्थानमा लागेको ढडेलो निभ्नेगरी पानी नपरेसम्म वायु प्रदूषण घट्ने सम्भावना भने नदेखिएको वरिष्ठ मौसमविद् मानन्धरले बताइन्।

अरू दुई दिन देशभर ठूलो हावाहुरी, मेघगर्जनको सम्भावना देखिए पनि हल्काबाहेक ठूलो वर्षाको सम्भावना भने नदेखिएको उनले बताइन्।


३ वैशाख २०७८, शुक्रवार ०८:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु