धनगढी उप–महानगरपालिकामा घटनादर्ता शिविर सञ्चालन

धनगढी उप–महानगरपालिकाले घटनादर्ता गर्न छुटेकाहरुलाई समेट्ने उदेश्यले बिहीबार देखि घटनादार्ता अभियान अन्तरगत शिविरहरु संचालन गरेको छ ।

धनगढी उप–महानगरपालिकाले अभियानको पहिलो दिन वडा नं १ को सरस्वती आधारभुत विद्यालय कटान, वडा नं २ को शारदा मा.वि. वैयावेहडी र वडा नं ३ को जनता आधारभुत विद्यालय विशालनगरमा शिविर संचालन गरिएको हो ।

घटनादर्ता शिविरमा आएर पहिलो दिनमै दुईदर्जन भन्दा बढीले सेवा लिएको
धनगढी उप–महानगरपालिका घटनादार्ता अभियानका संयोजक लेखनाथ ओझाले जानकारी गराउदै आज देखि सुरु भएको अभियान बैशाख १६ गते सम्म चल्ने बताए । शिविरमा निशुल्क घटनादर्ता भैरहेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग संगको समन्वयमा धनगढी उप–महानगरपालिकाबाट दर्ता अभियान संचालन शिविर संचालन भएको बताउदै ब्यक्तिगत घटना दर्ता गर्न बाँकी भएका नागरिकहरुलाई आफ्नो पायक पर्ने दर्ता शिविरमा उपस्थित भई जन्म , मृत्यू, विवाह, सम्वन्ध विच्छेक र बसाई सराई जस्ता ब्यक्तिगत घटना अनिवार्य रुपमा दर्ता गर्न अनुरोध गरेका छन ।


२ वैशाख २०७८, बिहीवार १७:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु