नयाँ वर्षमा मागेको नपाएपछि बालकले गरे आत्महत्या !

नयाँ वर्षको अवसरमा आफूले मागेको नदिएपछि एक बालकले आत्महत्या गरेका छन् ।

जिल्लाको थलारा गाउँपालिका–४ डिख्लाका ११ वर्षीय बालक आयुष बिसीले नयाँ वर्षमा चप्पल किनी नदिएको भन्दै आत्महत्या गरेका हुन् ।

सुरुमा बालकले मागेको कुरा इन्कार गरेका परिवार पछि चप्पल किन्त तयार भएपनि बालकको धैर्य गर्न नसकेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बुवा मोहन नयाँ चप्पल किन्न बजारतर्फ लागेपनि उनी फर्केर आउँदासम्म बालक झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए।

गरिब परिवारले बालकको इच्छा परिपूर्ति गर्न नसकेपछि आत्महत्यासम्मको वातावरण बनेको उनले बताए । उनकाअनुसार बालकको शव पोस्टमार्टमपछि आफन्तलाई बुझाइएको छ ।

 


२ वैशाख २०७८, बिहीवार १७:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु