थप ५३४ जनामा कोरोना संक्रमण, पाँच जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार १५२ जनाको परीक्षण गर्दा ५३४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ३ हजार ५८८ जनाको पीसीआर परीक्षण गर्दा ४९० र ५६४ जनाको एन्टिजेन्ट विधिबाट गरिएको परीक्षणमा ४४ जना गरेर कुल ५३४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । सोही अवधिमा १५७ जना डिस्चार्ज भएका छन् ।
२ वैशाख २०७८, बिहीवार १७:१५ बजे प्रकाशित












