बेलायती महारानीका पति फिलिपको ९९ वर्षको उमेरमा मृत्यु
बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको ९९ वर्षको उमेरमा मृत्यु भएको बकिंघम राजदरबारले घोषणा गरेको छ ।
राजकुमार फिलिप र तत्कालीन राजकुमारी एलिजाबेथको विवाह सन् १९४७ मा भएको थियो । त्यसको पाँच वर्षपछि एलिजाबेथ रानी भइन् ।
उनीहरूका चार सन्तान, आठ नातिनातिना र १० पनातिपनातिना छन् । एजेन्सीको सहयोगमा
२७ चैत २०७७, शुक्रवार १७:१८ बजे प्रकाशित






























