punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बुढानिलकण्ठमा तीन दलको बैठक सुरु

Chaupati
safha napa

जनता समाजवादी पार्टी (जसपा)का नेताहरु उपस्थित भएसँगै बूढानिलकण्ठमा तीन दलको बैठक सुरु भएको छ । बूढानिलकण्ठमा नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमै शुक्रबार दिउँसो ३ बजेका लागि बैठक बोलाएका थिए ।

जसपाका नेताहरु बोलाइएको समयअवधिभित्र नपुगेपछि बैठक ढिलाइ हुन पुगेको थियो । जसपाअघि माओवादी केन्द्र र कांग्रेसका नेताहरु भेला भएर कुरिरहेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार हटाएर तीन दलको संयुक्त गठबन्धन गरेर नयाँ सरकार बनाउनका लागि सभापति देउवाले बैठक डाक्नुभएको हो । रेशम चौधरीको रिहाइ गर्नेलाई सरकारमा साथ दिने बताउँदै आएको जसपा नयाँ सरकार विस्तारमा अझै मौन छ ।

जसपामा अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराई जसरी हुन्छ ओली सरकार गिराएर नयाँ सरकार बनाउने पक्षमा छन् भने अध्यक्षद्वय महन्थ ठाकुर र राजेन्द्र महतो ओली सरकारलाई साथ दिने पक्षमा छन् ।


२७ चैत २०७७, शुक्रवार १७:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु