punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तीन दलको बैठक निष्कर्षविहीन

Chaupati
safha napa

जसपाले केही दिनको समय मागेपछि ३ दलको बैठक निष्कर्षविहीन निष्कर्षविहीन भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठकमा जसपाका शीर्ष नेताहरूले केही दिन समय मागेपछि बैठक निष्कर्षविहीन भएको हो ।

भावी सत्ता समीकरणका विषयमा पार्टीले निर्णय लिनै बाँकी रहेको भन्दै जसपाका नेताहरूले केही दिन समय दिन माग गरेका थिए । जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि वार्ता अघि बढाउँदै आएको छ ।

वर्तमान सरकारलाई निरन्तरता दिने कि नयाँ सत्ता समीकरणमा सहभागी हुने भन्नेमा जसपामा दुई मत देखिएको छ । सोही विवादका कारण जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक समेत बस्न सकेको छैन ।


२७ चैत २०७७, शुक्रवार १७:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु