punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला

Chaupati
safha napa

भारतमा एकैदिन १ लाख ३१ हजार जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । यो कोरोना देखिएयता एकैदिन संक्रमण पुष्टि भएको सबैभन्दा बढी हो ।

कोभिड १९ सम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको विवरणअनुसार पछिल्लो २४ घन्टामा १ लाख ३१ हजार ८९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमा लद्दाखमा थपिएका संक्रमित जोडिएका छैनन् । योसँगै भारतमा संक्रमितको संख्या १ करोड ३० लाख ५७ हजार ९५४ पुगेको छ ।

दैनिक नयाँ संक्रमित थपिने क्रममा पनि संसारभर भन्दा भारतमै बढी छ । पछिल्लो २४ घन्टामा ब्राजिलमा ८९ हजार २९३, अमेरिकामा ८० हजार १६१ र टर्कीमा ५५ हजार ९४१ जनामा कोरोना देखिएको छ ।


२७ चैत २०७७, शुक्रवार ०९:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु