punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर २४ घन्टामा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

देशभर २४ घण्टामा थप ४८ जनामा कोरोना भाइरस (कोभिड–१९ं) संक्रमण पुष्टि भएको छ। योसहित देशभरमा कोरोना भाईरसका संक्रमितको संख्या २ लाख ७५ हजार ११८ पुगेको छ। २४ घन्टामा २५ सय १२ स्वाब नमूना परीक्षण गराउँदा ४८ जनामा कोरोना संक्रमण देखिएको हो।

यस्तै शुक्रबार थप ६१ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना निको हुुुुनेको संख्या २ लाख ७१ हजार १७७ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार देशभर ९२९ जना सक्रिय संक्रमित रहेका छन्। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको मन्त्रालयले जनाएको छ। शुक्रबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छ।

यसैगरी अहिले ५१ जना क्वारेन्टिन र ९२९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।


२८ फागुन २०७७, शुक्रवार १६:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु