punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा आगलागी हुँदा ४ लाख बराबरको क्षति

Chaupati
safha napa

कञ्चनपुरमा आगलागी हुँदा ४ लाख बराबरको क्षति  भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेला स्थित बिस्ना दमाईको घर अगाडि राखिएको परालको थुप्रोमा आगलागी भएको हो । प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोही ठाउँका स्थानीय भरत सार्कीले परालको थुप्रो आफ्नो नजिकै अटो रिक्सा रोकेर चुरोट खाएको र त्यहि आगोले परालमा लागेर आगलागी भएको अनुमान गरिएको जानकारी दिएको छ।

सोहि आगलागीमा सार्कीको ४ लाख बराबरको अटो रिक्सा समेत जले नष्ट भएको प्रहरीले जनाएको छ। सार्की बिहीबार रातिदेखि नै फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

 


२८ फागुन २०७७, शुक्रवार १६:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु