punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शिक्षकको शव आफन्तले बुझे

Chaupati
safha napa

डोटीमा जोरायल गाउँपालिका वडा नम्बर २ बुडर बजार नजिकै रहेको जोगबुढा जाने सडकखण्डमा मृतावस्थामा भेटिएका २७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव एक हप्तापछि आफन्तले बुझेका छन् ।

घटनाको विस्तृतरुपमा अनुसन्धान भइरहेको र अनुसन्धान जारी रहने सहमतिपछि आफन्तले शब बुझेको जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दाफाँटका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी गराए।

मृतकका घरपरिवार तथा आफन्तले घटना शङ्कास्पद रहेको भन्दै पूर्ण अनुसन्धानपछि मात्र शव बुझ्ने अडान राखे पनि प्रहरीले अनुसन्धान जारी राख्ने वचन दिएपछि बल्ल आएर आफन्तले शव बुझेका हुन् ।

शव डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालको शवगृहमा सात दिनदेखि राखिएको थियो। शव बुझेसँगै मृतक शिक्षकको दाहसंस्कार पनि गरिएको डोटी प्रहरीले जनाएको छ ।

अस्पतालमा गरिएको शवपरीक्षण रिपोर्टबाट कुनै पनि कुरा नदेखिएपछि भिसेरा परीक्षणका लागि अहिले मृतकको नमूना काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।


२८ फागुन २०७७, शुक्रवार १५:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु