punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बेहडाबाबा धामको मुख्य प्रवेशद्वारको उद्घाटन

Chaupati
safha napa

शिवरात्री पर्वको अवसर पारेर धनगढीको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल बेहडाबाबा धाममा मुख्य प्रवेशद्वारको उद्घाटन गरिएको छ ।

अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगाना र धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले विहीबार प्रवेशद्वारको उद्घाटन गरे । प्रवेशद्वार उद्घाटन कार्यक्रममा बोल्दै अर्थ सचिव ढुंगानाले बेहडाबाबा धामको विकासका लागि स्थानीय सरकारले गरेको कामको प्रशंसा गरे ।

‘निकै राम्रो विकास भएको रहेछ,’ अर्थ सचिव ढुंगानाले भने, ‘मैले पनि उप–महानगरपालिकाले बनाएको गुरुयोजना अनुसार सहयोगका लागि पहल गर्ने छु ।’

नगर प्रमुख नृपबहादुर वडले बेहडाबाबा धामको मुख्यद्धार निर्माण गर्ने धनगढी हसनपुरका पदमराज जोशीलाई धन्यवाद दिए ।

नगरप्रमुख वडले बेहडाबाबा धाम क्षेत्रमा उप–महानगरपालिकाले तयार गरेको गुरुयोजना अनुसार पूर्वाधार विकासको काम धामाधम भैरहेको बताए । दर्शन गर्न आउने भक्तजनको सजिलोका लागि सुविधा सम्पन्न धर्मशाला निर्माण भैरहेको उनले बताए ।

मन्दिरको सुरक्षाका लागि ४ करोड बराबरको बरिपरि पर्खाला निर्माणको काम भैरहेको जानकारी नगरप्रमुख वडले दिए । ‘मन्दिरबाट गंगामाता मन्दिर सम्म पुग्नका लागि छोटोबाटो निर्माण भैरहेको छ,’ नगरप्रमुख वडले भने, ’मन्दिर परिसर छेउछाउको खालि भागमा पुष्प बगैचा निर्माण गरेका छौं ।’

नगरप्रमुख वडले बेहडाबाबा मन्दिर बरिपरि चक्रपथ निर्माणको कार्य सम्पन्न भैसकेको बताए । उनले खानेपानी सौचालय निर्माणको काम समेत पूरा भइसकेको बताए । धनगढी उप–महानगरपालिकाको बेहडाबाबा मुख्य धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले यसको प्रचारप्रसार आवश्यक भएको बताए । ‘धनगढी पुग्ने हरेक ब्यक्तिलाई बेहडाबाबा पुर्याउने वाताबरण बनाउनुपर्छ,’ उनले भने ।

प्रवेशद्वारा उद्घाटन कार्यक्रमको अवसरमा बेहडाबाबाको विकासमा योगदान पु¥याउने विभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।


२७ फागुन २०७७, बिहीवार १८:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु