punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हिटर बालेर सुत्दा निसासिएर १ जनाको मृत्यु

Chaupati
safha napa

हिटर बालेर सुत्दा बैतडीमा निसासिएर १ जनाको मृत्यु भएको छ।

जिल्लाको शिवनाथ गाउँपालिका–३ पुडिलका ३५ वर्षीय राजसिंह साउँदको निसासिएर मृत्यु भएको हो ।

बुधवार राति बन्द कोठा भित्र हिटर बालेर सुतेका साउँद र उनकी भतिजी २० वर्षीया सरिता बेहोस अवस्थामा बिहीवार बिहान फेला परेका बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बताए। ।

स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि उनीहरुलाई डडेल्धुरा लैजादै गर्दा राजसिंहको मृत्यु भएको हो । भतिजी सरिताको डडेल्धुरामा उपचार भइरहेको छ।


२७ फागुन २०७७, बिहीवार १०:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु