चितुवाको आक्रमणबाट बैतडीमा एक महिला घाइते
चितुवाको आक्रमणबाट बैतडीमा एक जना महिला घाइते भएकी छिन्।
जिल्लाको सुर्नया गाउँपालिका–८ मा चितुवाले आक्रमण गर्दा ४० वर्षीया नारु साउद घाइते भएकी भएकी हुन । साउदको डडेल्धुरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
स्थानीय भौनेली मन्दिर नजिकैको जंगलमा बादँर धपाउन गएको बेला साउदलाई चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ।
२६ फागुन २०७७, बुधवार ०८:३२ बजे प्रकाशित































