punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लिटल फ्लावर प्रिमियर लिग : हिमालयन ह्वाइट हाउस सेमिफाइनलमा

Chaupati
safha napa

धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीयल) मा काठमाडौँको हिमालय ह्वाइट हाउस सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो खेलमा काठमाडौंकै नेक्सस स्कुललाई ४ विकेटले पराजित गर्दै ह्वाइट हाउस अन्तिम चारमा प्रवेश गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेक्ससले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ४ रन बनायो । उसका लागि उत्तम थापाले ३२ रन बनाए । बलिङतर्फ ह्वाइट हाउसका गजेन्द्र बोहराले ५ विकेट लिए । १ सय ५ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको ह्वाइट हाउसले १५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।

ह्वाइट हाउसको जितमा दीपक बोहराले अविजित रहदै ४३ रन बनाए । नेक्ससका पप्पु रायले ३ विकेट लिए । खेलका म्यान अफ द म्याच ह्वाइट हाउसका गजेन्द्र बोहरा भए । योसंगै प्रतियोगितामा सेमिफाइनलमा पुग्ने तीन टीमको टुङगो लागेको छ । यसअघि बाल बाटिका र लिटल फ्लावर अन्तिम चारमा प्रवेश गरिसकेका छन् ।

यस्तै मंगलबार भएको दोस्रो खेलमा शारदाले स्टेपिङ स्टोन बोर्डिङ स्कुललाई ५६ रनले हराएको हो । शारदाले दिएको १ सय १७ रनको लक्ष्य पछ्याएको स्टेपिङले १४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै मात्र ६० रन बनाउन सक्यो । स्टेपिङका लागि विशाल बिष्टले १७ र अभिषेक कुँवरले १६ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।

स्टेपिङलाई सस्तैमा समेट्न शारदाका लागि विकास सुनार र गणेश बहादुरले समान ४–४ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको शारदाले २० ओभरमा ९ विकेट गुमाएर १ सय १६ रन जोडेको थियो । शारदाका लागि सुदिप रोकायाले ३४ रन जोडे । उनले ३५ बलमा चार चौका र एक छक्काको मद्दतमा ३४ रनको योगदान दिएका थिए ।

त्यस्तै सागर चन्दले २६ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ स्टेपिङका लागि अभिषेक कुँवर, रोमन बिष्ट र प्रवेश साउँदले समान २÷२ विकेट लिए ।


२५ फागुन २०७७, मंगलवार १८:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु