punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

छोराको न्यायका लागि अनशनरत गंगामायाको अवस्था पनि चिन्ताजनक

Chaupati
safha napa

छोराको हत्यारालाई कारबाही माग गर्दा पति गुमाएकी गोर्खा फुजेलकी गंगामाया अधिकारी पछिल्लो समय अनशन बसेको ६९ दिन पुगेको छ। अहिले उनी चिन्ताजनक अवस्थामा वीर अस्पतालको क्याबिन नम्बर १ मा छिन्।

गंगामायाकै अनुमतिमा शनिबार बेलुका करिब ७ बजे घाँटीको शल्याक्रिया गरी मुख्य नसाबाट जीवन बचाउने तरल पदार्थ दिइएको मानवअधिकारकर्मी चरण प्रसाईंले जानकारी दिए।

आफ्ना छोराको हत्या गर्नेहरू खुला रूपमा घुमेर बसेको तर न्याय माग्दा आफूले पति गुमाएको बताउँदै उनले संघर्ष गर्दै आएकी छन्।

चितवनको जयमंगलास्थित हजुरबुबाको घर हिँडेका बेला २०६१ जेठ २४ गते रत्ननगरको बकुलहर चोकमा गंगामायाका छोरा कृष्णप्रसादको गोली हानी हत्या गरिएको थियो।

हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै उनका बाबु नन्दप्रसाद र आमा गंगामाया पटक-पटक अनशनमा बस्दै आएकोमा नन्दप्रसादको मृत्यु भइसकेको छ।

परिवारले शव बुझ्न अस्वीकार गरेपछि हालसम्म पनि नन्दप्रसादको अन्तिम संस्कार हुन सकेको छैन।नागरिक दैनिकमा खबर छ ।


१६ फागुन २०७७, आइतवार ०८:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु