punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शिक्षक र विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द

Chaupati
safha napa

बझाङको साइपाल गाउँपालिका वडा ४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ।

झण्डै एक हप्तादेखि शिक्षक र विद्यार्थी एकाएक कोरोनाको जस्तै लक्षणसहित बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको धुली माविका सहायक प्रधानाध्यापक धनबहादुर विष्ट भोटेले जानकारी गराए ।

बिरामी विद्यार्थी र शिक्षकमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, वाकवाकी लाग्ने र घोरिरहनेजस्ता लक्षण देखिएको छ।
एक हप्तासम्म औषधोपचार गर्दा पनि बिरामी विद्यार्थी र शिक्षकलाई ठीक नभएपछि बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालय बन्दको जनाएको छ ।

प्रधानाध्यापक विष्ट भोटेका अनुसार दुई सय ४५ विद्यार्थी र ११ शिक्षक रहेको धुली माविले नजिकै रहेको धुली सामुदायिक स्वास्थ्य केन्द्रबाट उपचार गर्न खोजे पनि बिरामीमा कुनै परिवर्तन आउन सकेन।

साथै केही दिन अगाडि मात्र धलौनमा रहेको धलौन माविका विद्यार्थी र शिक्षकमा पनि यस्तो लक्षण देखा परेको र शिक्षक र विद्यार्थीलाई उक्त लक्षण सरेकाले चार दिनसम्म बन्द गरिएको थियो। उपचार गरी ठीक भएपछि अहिले विद्यालय सञ्चालनमा आएको स्थानीय वसन्त बोहोराले बताए।


१३ फागुन २०७७, बिहीवार १२:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु