भिरबाट लडेर एक महिलाको मृत्यु
अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
बुधबार बेलुकी जिल्लाको तुर्माखाद गाउँपालिका वडा नम्बर ४ निवासि जितेन्द्र शाहीकी ३५ वर्षिया श्रीमती धिर्जा शाहीको भिरबाट खसेर मृत्यु भएको हो ।
घर नजिकैको बोकसान जङ्गलमा बाख्रा गोरु चराउन गएकी शाही बेलुकी अबेरसम्म घर नफर्किए पछी आफन्तले खोजी गर्दा जंगलमा मृत अवस्थामा भेटिएकी थिइन ।
भिरबाट करिब २ सय ५० मिटर तल खसेकि शाहिको शव मृत अवस्थामा फेलापरेको श्रीमान जितेन्द्र शाहीले बताए । मृतक शाहीका श्रीमान, २ छोरी र १ छोरा छन् ।
१३ फागुन २०७७, बिहीवार १४:२८ बजे प्रकाशित































