punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्ड -नेपाल र बूढानीलकण्ठमा कांग्रेस सभापति देउवासँग छलफल

Chaupati
safha napa

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्षहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनको बूढानीलकण्ठस्थित निवासमा भेटवार्ता गरेका छन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संसद् पुनःस्थापनाको आदेश दिएसँगै नयाँ राजनीतिक परिस्थिति सिर्जना भएपछि त्यसबारे छलफल गर्न प्रचण्ड–नेपाल र देउवा निवास पुगेका हुन्।

करिब २० मिनेटको भेटमा तीन नेताबीच नयाँ परिस्थितिमा सहकार्य गरेर अगाडि बढ्ने सहमति भेटवार्तामा भएको देउवा निकट स्रोतले जनाएको छ। भविष्यमा 

बुधबारका लागि तय गरिएको विरोधसभालाई सम्बोधन गर्न मंगलबार साँझ चितवन पुगेका प्रचण्ड र नेपाल उक्त कार्यक्रमलाई सम्बोधन नगरी विजयोत्सव मनाउन निर्देशन दिँदै बुधबार मध्याह्नतिर काठमाडौं फर्किएका हुन् । काठमाडौं आएलगत्तै उनीहरू विजय जुलुसमा समेत सहभागी नभई देउवासँग भेटवार्ता गर्न लागेका हुन्।

अध्यक्षद्वयले देउवासँग चितवनबाट पनि फोनवार्ता गरेका थिए । नेकपा विभाजित अवस्थामा रहेको र संसद् पुनःस्थापना भएपछि कस्तो राजनीतिक समीकरण बन्ला भन्ने चर्चा राजनीतिक वृत्तमा चलिरहेका बेला देउवासँगको भेटवार्तालाई विशेष चासोका साथ हेरिएको छ ।


१२ फागुन २०७७, बुधवार १४:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु