punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बालिकालाई यातना दिने शिक्षकविरुद्ध मुद्दा

Chaupati
safha napa

कञ्चनपुरमा बालिकालाई यातना दिने शिक्षकलाई प्रहरीले पक्राउ गरि अनुसन्धान अघि बढाएको छ। 

जिल्लाको भीमदत्त नगरपालिका–९मटैनाको बैजनाथ सिद्धनाथ माध्यामिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका शिक्षक खडकसिंह बिष्टले कक्षा ९ मा पढ्ने छात्रा मनिका नाथलाई कुटपिट गरेका थिए।

शिक्षकले बालिकाले कबड्डी खेल्न नमानेपछि शारीरिक दण्ड दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

उनलाई त्यसपछि पक्राउ परेका शिक्षक विष्टमाथि बालबालिका सम्बन्धी ऐन २०७५ अन्तर्गत बालबालिका बिरुद्धको कसुर मुद्धा दर्ता गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएकाे छ। 


१२ फागुन २०७७, बुधवार ०८:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु