punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने

Chaupati
safha napa

प्रधानमन्त्री केपी शर्माओलीले तत्काल राजीनामा नदिने भएका छन् ।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने बताएका हुन् । सामाजिक सञ्‍जाल फेसबुकमामा हिजो एक स्टाटस लेख्दै सल्लाहकार थापाले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने बताएका छन् ।

थापाले लेखेका छन्, प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ तत्काल राजीनामा दिनुहुने छैन । त्यस्तै थापाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद भएको उल्लेख गरेका छन् ।

उनले अगाडि लेखेका छन्, सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्‍नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ थापाले लेखेका छन् यसका दुष्प्रभावहरू भविष्यमा देखिँदै जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ ।


१२ फागुन २०७७, बुधवार ०८:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु