punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सुदूरपश्चिममा पनि प्रहरी ‘हाई अलर्ट’मा

Chaupati
safha napa

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि सुदूरपश्चिममा पनि सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ। 
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले मातहतका कार्यालय र प्रहरी युनिटलाई पुर्नस्थापनापछि हुनसक्ने सम्भावित गतिविधिलाई ध्यानमा राखेर ‘हाई अलर्ट’मा बस्न निर्देशन दिएको छ। 
सम्भावित परस्थितीको विश्लेषण गर्दै सोहीअनुसार प्रदेशभर उच्च सुरक्षा सर्तकता अपनाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी गराए।

मातहतका प्रहरी कार्यालय र युनिटलाई समेत सोहीअनुसार गर्न गराउन निर्देशन दिइएको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बताए। 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो।

नेपालको संविधानको धारा ७६ (१), (७) र ८१ (१) तथा राष्ट्रिय अन्तराष्ट्रिय संसदीय अभ्यासका आधारमा प्रधानमन्त्री ओलीले विघटन सिफारिस गरेका थिए।


१२ फागुन २०७७, बुधवार ०८:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु