punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दोस्रो दिपेन्द्र स्वाँर स्मृति क्रिकेट प्रतियोगिता सम्पन्न, बिजेता टिम भन्सारले ५० हजार पुरुस्कार पायो

Chaupati
safha napa

बिश्व शान्ति युवा संघको आयोजनामा सञ्चालन भएको दोस्रो दिपेन्द्र स्वाँर स्मृति क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । खुल्ला मञ्चमंचमा शान्ति युवा संघले फागुन ६ गते देखि सम्चालन गरेको सो प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।

उक्त प्रतियोगितामा ११ समुहको सहभागिता रहेको आयोजकले जनाएको छ । चार दिन सम्म चलेको दिपेन्द्र स्वाँर स्मृति क्रिकेट प्रतियोगिताको उपाधि टिम भन्सारले हात पारेको छ । उपाधि जित्ने सो समूहले ५० हजार रुपैंया पाएको छ । टस जितेर फिल्डिङ रोजेको टिम भन्सारले ३५ रनको फराकिलो अन्तरले टिम IAYSPA लाई हराउँदै उपाधि हात पारेको हो । यस्तै पराजित हुँदै IAYSPA टिम उपबिजेता बनेको छ ।

सो टिमले २० हजार रुपैँया पाएको छ । यस्तै सोमबार सम्पन्न भएको सो प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गर्ने अर्जुन साउद , उत्कृष्ट बलर अनुप छेडाल र उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी भएका सौरब बम समेत पुरुष्कृत भएका छन् ।


११ फागुन २०७७, मंगलवार ०८:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु